Section A
Q1. निम्नलिखित कुनै एक विषयमा 600 शब्दहरूमा निबन्ध लेख्नुहोस् : 100 नवीकरणीय ऊर्जा : सम्भावनाहरू र चुनौतीहरू
(a) सश्चार क्रान्तिको महत्त्व
(b) खेलकुदहरूको बढ्दो व्यवसायीकरण
(c) खानपानको स्वास्थ्यमाथि प्रभाव
(d) 2. निम्नलिखित गद्यांशलाई ध्यानपूर्वक पढ्नुहोस् अनि त्यसको आधारमा तल दिइएका प्रश्नहरूका उत्तर स्पष्ट, सठीक र संक्षिप्त भाषामा दिनुहोस् : 12×5 = 60 औपनिवेशिक शासन बेहिसाब तथ्याङ्कहरू अनि जानकारीहरूका संग्रहमा आधारित थियो। अंग्रेजहरूले आफ्नो व्यावसायिक मामिलाहरूलाई चलाउनका लागि व्यापारिक गतिविधिहरूको विस्तृत बेहोरा राखेका थिए। बढ्दो शहरमा जीवनको गति र दिशाप्रति दृष्टि पुस्चाउनका लागि तिनीहरूले नियमित सर्वेक्षण गर्दथे, साङ्ख्यिकीय तथ्याङ्कहरू एकत्रित गर्दथे र विभिन्न प्रकारका सरकारी रिपोर्टहरू प्रकाशित गर्दथे। प्रारम्भिक वर्षहरूदेखि नै औपनिवेशिक सरकारले मानचित्र तयार गर्नपट्टि विशेष ध्यान दिएको थियो। सरकारलाई विश्वास थियो कि कुनै पनि ठाउँको बनावट र त्यहाँको भूदृश्य बुझ्नको लागि नक्शाको आवश्यकता पर्छ। यो जानकारीको आधारमा ती इलाकाहरूमा धेरै राम्रोसँग नियन्त्रण कायम गर्न सक्दथे। जब शहर बढ्न थाल्यो तब नै त्यहाँको विकासको योजना तयार गर्नका लागि साथै व्यवसाय विकसित गर्न र आफ्नो सत्ता दहिलो पार्नका लागि नक्शाहरू बनाउन थालियो। शहरहरूको नक्शाहरूद्वारा हामीलाई ती ठाउँहरूका पहाडहरू, नदीहरू र हरियालीको थाहा लाग्दछ। यी सबै चीजहरू रक्षा सम्बन्धी उद्देश्यका लागि योजना तयार गर्न धेरै काम आउँछ। यसका अतिरिक्त घाटहरूका ठाउँ, घरहरूको बाक्लोपन र गुणवत्ता तथा सडकहरूको स्थिति आदिदेखि इलाकाका व्यावसायिक सम्भावनाहरूको पत्तो लगाउने र कर-व्यवस्थाको उपायहरू बनाउनमा सहयोग प्राप्त हुँदछ। उन्नाइसौं शताब्दीको आखिरदेखि अंग्रेजहरूले वार्षिक नगरपालिका कर संग्रहका माध्यम शहरहरूको सुरक्षालाई ध्यानमा राखेर पैसा जम्मा गर्ने कार्यको प्रयास शुरू गरेका थिए। द्वन्द्वहरूबाट बाँच्नका लागि उनीहरूले केही जिम्मेवारीहरू निर्वाचित भारतीय प्रतिनिधिहरूलाई पनि सुम्पिएका थिए। आंशिक लोक प्रतिनिधित्वद्वारा सामान्य नगरनिगम जस्ता संस्थानहरूको उद्देश्य शहरहरूमा जलापूर्ति, निकास, सडक-निर्माण र स्वास्थ्य-व्यवस्था जस्ता अत्यावश्यक सेवाहरू उपलब्ध गराउनु थियो। अर्कोतिर, नगरनिगमहरूको गतिविधिहरूद्वारा नयाँ किसिमका तथ्यहरूलाई थुपारेर नगरपालिका तथ्यकेन्द्रमा राख्न थालियो। शहरहरूको बढ्दो अवस्थालाई ध्यानमा राखेर नियमित रूपमा जनसाधारणको गणना गरिन्थ्यो। उनाइसौँ शताब्दीको मध्यसम्म विभिन्न क्षेत्रहरूमा धेरै ठाउँहरूमा स्थानीय स्तरमा जनगणना गरिसकिएको थियो। अखिल भारतीय जनगणनाको पहिलो प्रयास 1872 मा भएको थियो। त्यसपछि, 1881 देखि दसकीय (प्रत्येक दस वर्षमा हुने) जनगणना एउटा नियमित व्यवस्था बन्न गयो। भारतमा शहरीकरणको अध्ययन गर्नका लागि जनगणनाबाट पाइएका तथ्यहरू नै बहुमूल्य स्रोत हुन्। जब हामी यी रिपोर्टहरूलाई हेर्दछौं तब यस्तो लाग्दछ कि हामीसित ऐतिहासिक परिवर्तनलाई जोख्नका निम्ति ठोस जानकारी उपलब्ध छ। बिमारीहरूका कारण हुने मृत्युदरको अन्तहीन सिलसिला, वा उमेर, लिङ्ग, जाति एवम् व्यवसाय-अनुसार CRNA-C-NPLI/7 2