Section A
Q1. निम्नलिखित कुनै एक विषयमा 600 शब्दहरूमा निबन्ध लेख्नुहोस् : 100 सृजनात्मकताको पोषण गर्ने शिक्षाको आवश्यकता
(a) भारतमा वन्यजीवन संरक्षणार्थ चुनौतीहरू
(b) किशोर मानसमा फिल्महरूका प्रभाव
(c) दिव्यांगहरूको सशक्तीकरण
(d) निम्नलिखित गद्यांशलाई ध्यानपूर्वक पढेर अनि तेसको आधारमा तल दिइएका प्रश्नहरूका उत्तर स्पष्ट, सठीक र संक्षिप्त 2. भाषामा दिनुहोस् : 12×5 = 60 हजारौँ वर्ष पूर्वसम्म मानिस जाति पृथ्वीमा शिकारी मात्र थिए। नवपाषाण युगसम्म उनीहरूले खेतीको लागि बाँच्न आरम्भ गरेका थिएनन्। कतै टाडा ठाउँतिर नगई नै उनीहरूले जमीन जोतेर खाद्यान्नको आपूर्तिलाई बढाउनमा सक्षम बने र लगातार कृषिको उन्नतितिर लाग्न थाले। आजसम्म उनीहरू पहिलेको तुलनामा अधिक अनि राम्रा भू-उपज लिनुमा सक्षम भएका छन्। तथापि जहाँसम्म समुन्द्रहरूका सम्बन्ध छ तिनीहरू अझसम्म प्रायः शिकारी नै छन्। तिनीहरू माछाहरू र अन्य जल- जीवहरूलाई पक्रन्छन् तर तेसको सतत वृद्धिको र आपूर्तिको लागि सीमित प्रयत्न मात्र गरीरहेका छन्। ऐलेसम्म जलीय शिकारबाट उनीहरूलाई प्रशस्त प्रोटीनको आपूर्ति भएको छ। यो भू-खेतीबाट प्राप्त प्रोटीनको आपूर्तिको पूरक हो। तर दुनियाँको बढ्दै गएको जनसंख्याको कारण मानिस जातिलाई चाँडै नै समुन्द्रबाट यति धेरै प्रोटीनको आवश्यकता हुनसक्छ कि उसको यो समस्या साथै सतत आपूर्ति पनि खतरामा पर्न सक्छ। यसैकारण मानिसलाई समुन्द्र-खेतीको माध्यमबाट पर्याप्त आपूर्ति राख्नका लागि पाइला चाल्नु पर्छ। लघु स्तरमा माछा-पालन पोखरीहरू र झीलहरूमा पहिले नै सफलतापूर्वक गरी सकेको पाइन्छ। विशेष रूपबाट जलविद्युत् परियोजनाहरूका निम्ति बाँधहरूका निर्माणद्वारा बनाईएका कृत्रिम झीलहरूमा यो कार्य भैसकेको छ। ताजा पानीका पोखरीहरूमा माछाको उपजबाट प्रोटीनको आपूर्तिमा पहिले बाटै वृद्धि भैसकेको छ। तिनीहरू मध्ये केही विकास ग्रामीण समुदायहरूमा कृषि-अधिकारीहरूका सहयोग र पर्यवेक्षणबाट भैरहेको छ। एक समय माछा-पोखरीहरूका युवा माछाहरूबाट समृद्ध गरि दिए माछाहरूका स्वस्थ वातावरणमा विकासको सम्भव हुँदछ भोजनको पर्याप्त आपूर्ति पनि हुन जान्छ। पानीमा धेरै संख्यामा तैरीरहेका प्लवक-सूक्ष्मजीव एवं वनस्पति-जलीय प्राणीहरूका लागि मुख्य आहार हुन्। ससाना माछाहरूले तेसलाई खाने गर्छ र आफू भन्दा ठूला माछाहरूका आहार बन्छ। किनभने प्लवक पानीमा रहेका खनिजहरूबाट वृद्धि पाउँदछ, यसर्थ प्लवक मात्रलाई पानीमा अतिरिक्त उर्वरकहरूद्वारा बढाउन सकिन्छ। यद्यपि, समुन्द्र-खेती व्यावहारिक अनि लाभदायक दुवै हुनसक्छ। तर यसको पहिला केई समस्याहरू हल गर्न पर्दछ। उदाहरणको लागि समुन्द्रको त्यो भागमा उर्वरक हाल्नु उपयोगी हुँदैन, जहाँ समुन्द्रका धाराहरू तीव्र गतिबाट उर्वरकहरूलाई कोसौं टाडा अनुत्पादक पानीमा लगेर जाँदछ। यदि माछा-पालक उर्वरकहरूलाई एक निश्चित क्षेत्रसम्म सीमित पार्न सके, तेती बेला पनि त्यो ‘आफ्नो क्षेत्र’सम्म उर्वरक-पोषित माछाहरूलाई राख्नका लागि तरीका खोज्न पर्छ। साथै आफ्नो व्ययको आधुनिकतम लाभ प्राप्त गर्नका लागि तिनीहरूलाई माछाहरूका आहार दिनलाई यस्तो तरीका खोज्न पर्दछ जसबाट त्यो आहार तिनै माछाहरूलाई पुगोस्, जसलाई तिनीहरू खान चाहन्छन्। उनीहरूलाई नखाने जल-जीवहरूबाट खानी हटाउने युक्ति चलाउनु पर्छ, जसबाट ती माछाहरूका आहार साझा नहोस्। SDF-C-NPLI/38 \overlinea