Section A
Q1. निम्नलिखित कुनै एक विषयमा 600 शब्दहरूमा निबन्ध लेख्नुहोस् : 100 भारतमा स्वास्थ्य सेवाहरूको स्थिति
(a) भारतीय कृषक कानून, 2020 को सार्थकता
(b) राष्ट्रीय शिक्षा नीति, 2020 को चुनौतीहरू
(c) वर्तमान समयमा कृत्रिम बुद्धि (AI)को उपयोगिता
(d) 2. निम्नलिखित गद्यांशलाई ध्यानपूर्वक पद्नुहोस् अनि त्यसको आधारमा तल दिइएका प्रश्नहरूका उत्तर स्पष्ट, सठीक र संक्षिप्त भाषामा दिनुहोस् : 12× 5 = 60 जीवन अनि पर्यावरणमा घनिष्ठ सम्बद्ध छ। समस्त जीवधारीहरूको जीवन पर्यावरणमाथि धेरै निर्भर गर्छ। अतः हाम्रो तन-मनको रचना, शक्ति, सामर्थ्य अनि अद्वितीय विशेषताहरू सम्पूर्ण पर्यावरणबाट नै नियन्त्रित हुने गर्छ, त्यसैमा हुर्कन्छ र विकास पाउँदछ। वस्तुतः जीवन अनि पर्यावरण एक-अर्कासित यसरी जोडिएको हुन्छ कि दुवैको सह-अस्तित्व अत्यन्त आवश्यक ठहर्छ। पर्यावरण हाम्रो रक्षा-कवच हो जो प्रकृतिबाट हामीलाई प्राप्त भएको छ। यो हामी सबैको पालनकर्ता र जीवन-आधार हो। पर्यावरण मूलतः प्रकृतिको देन हो। यो भूमि, वन-पहाडहरू, नदी-निर्झरहरू, मरुस्थलहरू-मैदानहरू, उपत्यका, रङ्गी-बिरङी पशु-पक्षीहरू, स्वच्छ जलले भरिएको लह-लहाउँदो पोखरीहरू अनि सरोवरहरूले भरिपूर्ण छ। यसमा बहने शीतल मन्द Carling Co सुगन्ध वायु तथा तरक्रित र अमृतधारा बर्साउने बादल प्रकृतिका अंग हो। यी सबै प्रकृतिका देनहरू धरतीमा बसोबास गर्ने मनुष्यहरूको विकास र सुख-समृद्धिका लागि एक सन्तुलित पर्यावरणको निर्माण गर्दछ। तर पर्यावरणको यो प्राकृतिक सन्तुलन बडी तेजसँग बिग्रँदै गइरहेको छ। आश्चर्य लाग्छ कि मनुष्य धरतीको यी स्रोतहरूलाई कति अन्धाधुन्ध दोहन गर्दै गइरहेको छ, उनीहरू यसको वरदानहरूलाई यस प्रकार अविवेकपूर्ण दुरुपयोग गरिरहेको छ कि सारा प्रकृति-तन्त्र गडबड भइरहेको छ। अब त्यो दिन टाडो छैन जब धरतीमा सैकडो वर्ष पुरानो हिमयुग फर्केर आउँछ अथवा ध्रुवहरूमा जमेको हिउँको मोटो तह पग्लिनाले समुद्रको प्रलयक्कारी लहरहरू, नगरहरू, वन-पर्वतहरू अनि जीव-जन्तुहरू नै विलुप्त हुन्छ। निश्चय नै पर्यावरणलाई विकृत र दूषित तुल्याउने समस्त विपदहरू हामी आफैले ल्याएका हौँ। हामी आफैले प्रकृतिको सन्तुलन बिगारी रहेका छौं। यही असन्तुलनबाट भूमि, वायु, जल र ध्वनिको प्रदूषण उत्पन्न हुन्छ। पर्यावरण प्रदूषणबाट फोक्सोको रोग, मुटु र पेटको बिमारी, दृष्टि-श्रवणशक्तिहीनता, मानसिक तनाउ अनि तनाउ-सम्बन्धित दोस्रो बिमारीहरू पैदा भइरहेको छ। हामी सबै जान्दछौँ कि धरतीमा मनुष्य जातिको बच्नका लागि जीवन र प्रकृति-माझ राम्रो सन्तुलन आवश्यक छ। धरती बनस्पतिहरूबाट नढाकियोस्, यसैले घाँस-खाने जानवरहरू पर्याप्त सङ्ख्यामा थिए। यी घाँस-खाने जानवरहरूको सङ्ख्यालाई सन्तुलित-सीमित राख्नलाई हिंस्रक जन्तुहरू पनि थिए। यी तीनैको अनुपात सन्तुलित र नियन्त्रित थियो। आधुनिक युगमा वैज्ञानिक आविष्कारहरू र उद्योगधन्दाहरूको विकास-विस्तारको साथ-साथै जनसङ्ख्याको पनि भयावह विस्फोट भएको छ। यो भनाईको आशय स्पष्ट गर्नुहोस् कि "जीवन अनि पर्यावरणमा घनिष्ठ सम्बन्ध छ"।
(a) पर्यावरण र प्रकृतिको के सम्बन्ध रहेको मानिन्छ?
(b) संतुलित प्रकृतिले पर्यावरणको निर्माण कसरी गर्छ?
(c) पर्यावरण-असन्तुलनबाट हाम्रो जीवनमा के हानि भइरहेको छ?
(e) पर्यावरण-प्रदूषणबाट हाम्रो जीवनमा कुन-कुन प्रकारका बिमारहरू उत्पन्न भइरहेको छ? URC-C-NPLI/37 \mathbf2